Categories समाचार

सेवाग्राहीबाट घुस लिँदै गर्दा दुई प्रहरी पक्राउ

Advertisement

काठमाडौं । महोत्तरीमा घुस रकमसहित प्रहरी सहायक निरीक्षक र बरिष्ठ हवल्दार पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र बरिष्ठ हवल्दार मन्जित कुमार झालाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

अदालतबाट भएको फैसला कार्यान्वयन नगराइदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अवस्थामा प्रहरी सहायक निरीक्षक यादव र वरिष्ठ हवल्दार झालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

Advertisement

लिजमा लिइ भोगचलन गर्दै आएको जग्गामा खेतिपाति तथा व्यवसाय गर्न बाधा अवरोध पुर्याएको हुँदा बाधा अवरोध रोक्नको लागि महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त बाधा अवरोध रोकी विद्यालयले ठेक्का दिइ भोगचलन गर्न चलन पूर्जी दिएको उक्त जग्गा र जग्गामा भएको फलफूलहरू,खेतिपाति उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु÷नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारको जनाएको छ।

Advertisement

महोत्तरीको गौशाला नगरपालिका १२ स्थित गैरीटोलबाट उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । साभारः अन्नपूर्णपोष्टबाट

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *