Categories हाइलाइट-समाचार

चर्को अवाजमा डिजे बजाउने साउन्ड मास्टर सिस्टम सहित प्रहरीको नियन्त्रणमा

Advertisement

वीरगन्ज । चर्को अवाजमा डिजे बजाउने व्यक्तिलाई साउन्ड सिस्टम सहित बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कलैया उप-महानगरपालिका वडा नं.९ रामपुर बस्ने अन्दाजी ३० वर्षीय मनौवर मियाँ रहेका छन् ।

Advertisement

आज अन्दाजी ३ बजे बारा, कलैया उप-महानगरपालिका बजार एरियामा
ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

नेपाल सुनिल बैण्ड कलैया बाराका बैण्ड र मियाँलाई डिजे गाडि सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *