Categories समाचार

ठूलो परिमाणमा लागू औषधसहित राधेमाईका एक पुरुष पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई घर भएका ४८ बर्षिय विनोद गुप्ता रहेका छन् । गुप्तालाई नेपालमा प्रतिबन्धित लागू औषध नाइट्रोभेट ट्याब्लेट एक हजार ८०० पिससहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

Advertisement

थापाका अनुसार,सोमबार दिउँसो वीरगन्जको पावर हाउस चोकबाट गण्डक चोक तर्फ पैदल जाँदै गरेका गुप्तालाई प्रहरीले पावर हाउस चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उनको शरिर खानतलासी गर्दा उनले बोकेको कालो प्लाष्टिकको झोलाबाट ३० ट्याब्लेटका दरले ६० पत्तामा एक हजार ८०० पिस प्रतिबन्धित लागू औषध नाईट्राभेट ट्याबलेट फेला परेको थापाले बताए ।

Advertisement

लागू औषधसहित पक्राउ परेका गुप्तालाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जानकारी थापाले दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *