Categories समाचार

लागूऔषध गाँजासहित एक जना पक्राउ

Advertisement

वीरगन्ज । पर्सा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ फुलबारी टोल बस्ने ४५ वर्षीय इसलाम मियाँ रहेका छन् । वीरगन्ज महानगरपालिका २५ चण्डालचोकस्थित सडकखण्डबाट उनलाई पक्राउ गरिएको हो ।

विश्रामपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना १३ प ६५९५ नम्बरको मोटरसाइकललाई रोकेर खानतलासी गर्दा कालो रङको प्लाष्टिकको झोलामा १ किलो ८०० ग्राम सेतो टेपले बेरी आफ्नो शरीरमा लुकाइछिपाई राखिएको अवस्थामा मियाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

उक्त ना १३ प ६५९५ नम्बरको मोटसाइकलसहित बरामद भएको गाँजा र निज मियाँलाई नियन्त्रणमा लिइ उनीविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *