Categories शिक्षा

महालक्ष्मी विकास बैंकद्वारा आमाको माया छात्रावासमा एक बालकलाई छात्रवृत्ति प्रदान

Advertisement

वीरगन्ज । महालक्ष्मी विकास बैंकले एक छात्रलाई ५० हजारको छात्रवृत्ति प्रदान गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरि बैंकले स्व.हिरा प्रसाद गिरी महालक्ष्मी मेरिट छात्रवृत्ति कार्यक्रम अन्तर्गत आमाको माया छात्रावास, वीरगन्जमा आश्चित एक छात्रलाई छात्रवृत्ति प्रदान गरेको हो ।

Advertisement

कक्षा १० मा अध्ययनरत जिवन राजवंशी लाई ५० हजार रूपैयाँको छात्रवृत्ती प्रदान गरिएको बैंकका कर्मचारी संदिप कुश्वाहाले जानकारी गराए ।

Advertisement

छात्रावासको सभाहलमा आयोजित कार्यक्रममा महालक्ष्मी विकास बैंकका संचालक श्यामसुन्दर रुंगटा, मधेश प्रदेश प्रमुख सुदिपचन्द्र पोखरेल, वीरगन्ज शाखाका शाखा प्रमुख पुरुषोत्तम अधिकारी, शाखामा कार्यरत प्रकाश खड्का र प्रदेश कार्यालयका कर्मचारी राजु मानन्धरको उपस्थिती रहेको थियो ।

साथै आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिक, उपाध्यक्ष राजकुमार दरुका एवं आश्रित विधार्थीहरुको पनि सहभागिता रहेको थियो ।

विगत ३ वर्ष देखी यस बैंकले राजरवंशीलाई अध्ययनको लागि प्रत्येक वर्ष रकम प्रदान गर्दै आईरहेको छ । बैंक सदैव सामाजिक उत्तरदायित्व पुरा गर्नमा पछाडि नहट्ने र यस्ता कार्यक्रमहरु गरिरहने शाखा प्रबन्धक अधिकारीले प्रतिबद्धता जनाए ।

यो अन्तिम छात्रवृत्ति रहेको जानकारी पाएपछि यसलाई निरन्तरता दिन अध्यक्ष पारिकले बैंकलाई अनुरोध गरे । उनले भने, ` यो कार्यक्रम सराहनीय र आवश्यकता रहेकााहरुका लागि प्रभावकारी रहेकोले माथि पहल गरेर यसलाई निरन्तरताका लागि पहल गरिदिन अनुरोध गरे।´

हाल यस राष्ट्रिय स्तरको बिकास बैंकले देशभरी १०३ वटा शाखा तथा ४९ एटिएम मार्फत बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *