Categories समाचार

सुनको सिक्रीको निहुँमा विवाह नै भाँडेर हिड्ने बेहुलासहित पाँचजना विरुद्ध मुद्दा दर्ता

Advertisement

वीरगन्ज । दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिडेकाे आराेपमा पक्राउ परेका बेहुलासहितका पाँचजना विरुद्ध  प्रहरीले विवाह सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाएकाे छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा सोमबारराति विहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री माँगेको विषयमा बेहुली पक्षसंग विवाद हुदाँ कुटपिटसमेत भई विहे नै भाँडिएको थियाे ।त्यसमा संग्लन बेहुला,उनका बुबा, दुई दाजु र भिनाजु गरी पाँच जनालाई प्रहरीले बेहुलीक‌ै घरबाट साेमबार मधणयरातमा नियन्त्रणमा लिएको थियाे।

Advertisement

मंगलबार साँझ बेहुली पक्षले दिएकाे जाहेरीका आधारमा  बेहुला बाराकाे कलैया-४ का २८ बर्षिय उमेश साह,उनका बुबा ६० बर्षिय बच्चालाल साह गोढ,दाजुहरु ४२ बर्षिय राकेश कुमार साह ,४० बर्षिय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर ५ का  ४५ बर्षिय को रामएकवाल साहविरुद्ध विवाह सम्बन्धि कसूरमा मुद्दा दर्ता गरिएकाे पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।उनिहरु विरुद्ध मंगलबार नै पर्सा जिल्ला अदालतबाट दुई दिनकाे म्याद थप अनुमति लिई कारबाही प्रकृया अगाडि बढाइएको थापाले बताए।

Advertisement

विहे भाँडेकाे आराेपमा पक्राउ परेका बेहुला उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् भने बेहुली रमिता साह वीरगन्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।

वीरगन्ज २४ रामगढवास्थित बेहुलीको घरमा बनाइएको विहेकाे जग्गेमा सामाजिक परम्परा अनुसार वैवाहिक विधी चलिरहेका बेला बेहुला उमेशले दाइजाेमा सुनकाे सिक्री नपाएको भन्दै निहुँ खाेजेपछि विवाद भई बेहुला र बेहुली पक्षबिच कुटाकुटसमेत भएकाे थियाे।त्यसपछि बेहुला उमेश विहे नगर्ने भन्दै जग्गेबाट उठेर हिडेका थिए।लगत्तै बेहुली पक्षले खबर गरेपछि  विवाहस्थलमा पुगेकाे प्रहरीले बेहुला उमेशसहित उनका पक्षका पाँच जनालाई नियन्त्रणमा लिएको थियाे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *