Categories समाचार

नेपाल–भारत सीमा सुरक्षाबारे रक्साैलमा सर्वपक्षीय बैठक सम्पन्न

Advertisement

वीरगन्ज । नेपाल भारतको आपसी सम्बन्ध, सीमा सुरक्षा र भारतमा हुन गइरहेको निर्वाचनको विषयमा वीरगन्जको सिमावर्ती शहर रक्सौलमा नेपाल भारतका सुरक्षा अधिकारी, स्थानीय बासिन्दा, उद्योगी व्यवसायीहरूबिच सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

बुधबार भएको बैठकमा भारतीय एसएबी फोर्सका कमाण्डर महानिरीक्षक पंकज दरादले नेपाल–भारत मैत्री सम्बन्ध सुधारमा एसएसबी फोर्स सदैव क्रियाशील रहेको बताउँदै सीमा क्षेत्रमा विगतमा राखिएका अस्थायी चेकपोष्टका कारण नेपालतर्फ उत्पन्न भएको असुविधाप्रति क्षमा याचना गर्दै अस्थायी सुरक्षा चेकपोष्ट हटाइएको बताए।

Advertisement

उनले भारतमा हुन गइरहेको लोक सभाको निर्वाचनलाई लिएर सुरक्षा व्यवस्था मजबुत बनाउन नेपालकाे तर्फबाट उचित सहयोग पुग्ने अपेक्षा आफूले लिएको बताए।

Advertisement

आइजिपी दरादले अब वीरगन्ज- रक्सौलको सीमा क्षेत्रमा सुरक्षा चेकपोष्ट नभई सहायता कक्ष स्थापना गरिने दाबी गर्दै यसबाट नेपाल आउने जाने सर्वसाधारणलाई सहयोग पुग्ने बताए।

बैठकमा सशस्त्र सीमा बलका उप–महानिरीक्षक एस सुब्रमण्यम, कमांडेंट विकास कुमार, कमांडेंट एनएस मेहरा, द्वितीयक कमान अधिकारी सुन्दरम, उपकमांडेंट दीपक कृष्णा, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत शैलेन्द्र कुमार, सुरेश पट्टपू, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, पर्साका सशस्त्र प्रहरी नायब संगम श्रेष्ठ, ग्रिन सिटी सामुदायिक केन्द्र वीरगन्जका अध्यक्ष जयप्रकाश खेतान, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल लगायतको सहभागिता रहेको थियो। साभार:रेडियो नेपाल

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *