Categories समाचार

एक महिनमा ३ कराेड बढी मुल्यकाे मालसामान प्रहरीको नियन्त्रणमा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनमा राजश्व छलेर तस्करी गरी भित्र्याइएका ३ कराेड भन्दा बढी मुल्यकाे मालसामान नियन्त्रणमा लिएको छ।

गत फागुन महिनामा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका प्रहरी कार्यालयले राजश्व छलेर चाेरी तस्करी गरी ल्याइएका ३ कराेड ३१ लाख २ हजार ३२३ रुपैयाँ मुल्यकाे सामान नियन्त्रणमा लिएको हाे ।

Advertisement

पर्सा जिल्लाका विभिन्न स्थानबाट फागुन महिनामा तस्करी गरी ल्याइएकाकपडा,हार्डवेय,माेटरपार्टस,माेबाइलका पार्टस, ओैषधि,भाँडावर्तन,पेय पदार्थ,जुत्ता चप्पल,प्याज लगायत गरी ३ कराेड ३१ लाख रुपैयाँ मुल्यका सामान  नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले जानकारी दिए।

Advertisement

उनका अनुसार,पर्सामा गत फागुन महिनामै ९३ जना फरार प्रतिवादीपनि पक्राउ परेका छन्।यस्तै गत फागुन महिनामै पर्साका विभिन्न स्थानबाट लागु ओैषध गाँजा १४ केजी,नेपालमा प्रतिबन्धित ट्याब्लेट २ हजार ५८५ पिस,खैराे हेराेइन २० ग्राम ९५ मिलिग्राम र काेरेक्स ८ बाेत्तलपनि प्रहरीले बरामद गरेकाे प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।

गत फागुन दाेश्राे सातादेखि जिल्ला प्रहरी कार्यालय पर्साकाे कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक ढुंगेलले जिल्लामम शान्ति सुरक्षा कायम गर्नुका साथै तस्करी र लागू ओैषधकाे ओेसारपसार नियन्त्रणपनि आफ्नाे प्राथमिकतामा रहेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *