Categories समाचार

हुण्डीकाे काराेबारमा संलग्न रहेकाे आराेपमा एक युवतीसहित चार जना पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा हुण्डीकाे काराेबारमा संलग्न रहेकाे आराेपमा प्रहरीले  एक युवतीसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का ३२ बर्षिय कुनाल जयसवाल,वडा नम्बर २२ का ३९ बर्षिय वीरेन्द्र साह तेली,२० बर्षिया रेखा कुमारी साह र पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ६ का २५ बर्षिय मितु कुमार कुर्मी रहेका छन्।

Advertisement

पर्साका प्रहरी उपरीक्षक कुमाेद ढुंगेलका अनुसार, वीरगन्ज १० आदर्शनगरस्थित कुनाल जयसवालकाे किराना पसलबाट उनिहरुलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हाे।

Advertisement

जयसवालकाे किराना पसलबाट प्रहरीले नगद चार लाख तीन हजार नेपाली रुपैयाँ, विभिन्न बैंककाे चेकबुक १३ थान,विभिन्न मितिमा काटिएकाे चेक ६६ थान,नबिल बैंक,एनआइसी एशिया र नेपाल राष्ट्र बैंकमा गरी ३१ लाख भन्दा बढी रकम जम्मा गरिएकाे डिपाेजिट स्लीप पाँच थान,एटीएम कार्ड तीन थान र माेबाइल फाेन सात थान बरामद गरिएको प्रहरी  उपरीक्षक ढुंगेलले जानकारी दिए।

पक्राउ परेकाहरु विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ विरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनकाे म्याद अनुमति लिई अनुसन्धान भइरहेकाे ढुंगेलले जानकारी दिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *