वीरगन्ज । नेशनल एकेडेमी क्याम्पसमा वादविवाद प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १२ स्थित रहेको क्याम्पसले हरेक सप्ताह विधार्थीहरुको भित्रि रचनात्मक कलाहरुलाई प्रस्तुत गर्ने उदेश्यले आज (शुक्रबार) क्याम्पस प्राङ्गणमा “वैज्ञानिक शिक्षा भन्दा नैतिक शिक्षा वेस” विषयमा ४० जनाको सहभागितामा क्याम्पसका संस्थापक अध्यक्ष केदार साहको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रध्यापक तथा नेशनल एकेडेमी क्याम्पसका संस्थापक प्रध्यापक इन्दु शेखर मिश्रा, क्याम्पसका डाइरेक्टर तथा एच.आर. प्रमुख दिलिप प्रजापति, डाइरेक्टर तथा फाइनान्स प्रमुख गुड्डु रौनियार रहनुभएको थियो ।
त्यसैगरी अतिथि तथा उक्त कार्यक्रमको निर्णायक मण्डलमा नेशनल एकेडेमी क्याम्पसका नेपाली प्रध्यापक बलराम श्रेष्ठ, उज्ज्वल अर्याल तथा अंग्रेजी प्रध्यापक निरज सिंह गरि तिनजना थिए।
सो कार्यक्रममा बिजेता कक्षा १२ कि छात्रा बिनिता साह भएकी छिन् भने नेशनल एकेडेमी क्याम्पसमा संचालित बि.बि. एस. पहिलो बर्षमा अध्ययनरत छात्रा अंजलि चौधरीले दोस्रो स्थान आफ्नो नाम पार्न सफल भएकी हुन । तेस्रो स्थान भने कक्षा १२ मा अध्ययनरत छात्रा ज्यासमिन खातुनले हासिल गरिन ।
बिजेताहरुलाई सम्मान गर्दै मेडल, टौफि प्रदान गरिएको थियो भने कार्यक्रमको सहजीकरण कक्षा १२ की छात्रा नेहा कुशवाहाले गरेको थिइन् ।




