Categories समाचार

कम्बल ओढाएरै हरेक रोगको उपचार गरेको दाबी गर्ने बाबा शिविर छाडेर फरार

Advertisement

वीरगन्ज । प्यारालाइसीस् लगायतका राेग निकाे पारिदिने भन्दै वीरगन्जमा निशुल्क धार्मिक शिविर चलाउँदै आएका भारत गुजरातका काली कम्बलवाला बाबा आइतबार अचानक शिविर छाडेर गायब भएका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिलकाे जग्गामा काली कम्बलवाला बाबाले फाल्गुन ३० गतेदेखि ११ दिनका लागि शिविर लगाएका थिए।शिविरमा उनले पक्षघात भएका,हातगाेडा नचल्ने,ढाड कम्मर दुख्ने,क्यान्सर, सुगर, रक्तचाप, पत्थरीलगायतका दीर्घ बिरामीलाई आफ्नाे कालाे कम्बलले टकटकाएर निकाे पारिदिने दाबी गर्दै आएका थिए ।ती बाबाकाे अन्धविश्वासमा परेर शिविरमा उनिबाट उपचार गराउनका लागि मधेसका जिल्लाका साथै छिमेकी मुलुक भारतबाटसमेत दिनहुँ हजाराैंकाे संख्यामा आउने बिरामीहरुकाे घुंइचाे लाग्ने गरेकाे थियाे।

Advertisement

तर आइतबार दिउँसो १२ बजेतिर ती बाबा अचानक शिविर छाडेर गायब भएपछि शिविरमा उपचारका लागि आएकाहरुले प्रदर्शन गरेकाे र त्यसक्रममा प्रहरीले बल प्रयाेग गर्दा स्थिति तनावग्रस्त बनेकाे थियाे।

Advertisement

प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी प्रशासनले काली कम्बल वाला बाबालाई पक्राउ गरेर लगेकाे भन्दै सडकमै बसेर धर्ना दिएका थिए।धर्नामा कारण अवरुद्घ सडक खुलाउन प्रहरीले प्रयास गर्दा झडपपनि भएकाे थियाे ।प्रहरीको लाठीचार्जबाट केहि प्रदर्शनकारी घाइतेपनि भएका छन्।

तर प्रहरीले भने ती बाबा आँफै गायब भएकाे बताएको छ।पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले विभिन्न रोगको निशुल्क उपचार गर्ने भनी सर्वसाधारणलाई ठगी गर्दै आएका बाबाको पोल खुलेपछि उनि आँफै फरार भएकाे बताए । धर्मको आडमा बिरामीलाई निको बनाउने बहानामा ठगी गर्दै गरेको खबरपश्चात प्रहरीले पक्राउ गर्ने पूर्व सूचना पाएपछि ती बाबा फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । मधेसखबरबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *