वीरगन्ज । मारवाडी महिला मञ्चद्वारा आयोजित निशुल्क शिविरमा एक सयभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।
संस्कार जगाऔं, संस्कृति बचाऔं भन्ने नारा सहित निशुल्क स्वास्थ्य तथा ल्याब चेक जाँच शिविरको आयोजना गरिएको मञ्चकि अध्यक्ष रेनु अग्रवाल बताउनुभयो ।
आज भएको सो निशुल्क स्वास्थ्य शिविरबाट ४० जना महिला र ६० जना पुरुषले सेवा लिएका छन् ।
वीरगन्जको टिवडेवाल धर्मशालामा सम्पन्न शिविरमा थाईराइड, मधुमेह, पेट, मृगौला, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर उज्ज्वल कुमार श्रीवास्तवले सेवा प्रदान गर्नुभएको समाजसेवी नुतन सरावगीले जानकारी गराउनुभयो ।
सो कार्यक्रममा अशोक बैध, रेखा बैध, सन्तोष मितल, सोनी चाचान, मिरा खेतान, सरोज घिरैया र राजु जैन लगायतको उपस्थिति रहेको थियो ।






