Categories समाचार

नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेसको सभापतिमा रामजी साह निर्वाचित

Advertisement

वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेसको सभापतिमा रामजी साह निर्वाचित भएका छन् । महासंघको जनकपुरधाममा सम्पन्न दोस्रो अधिवेशनबाट साह सभापतिमा निर्वाचित भएका हुन् ।

साहले ४१ मत ल्याउँदा उनका प्रतिस्पर्धी राजेशकुमार साहले २ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा ३९ मत ल्याएर भीमबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विनोदकुमार भण्डारीले ६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

त्यस्तो अर्का उपसभापतिमा देवकृष्ण साह ४१ मत ल्याएर विजयी भएका छन् । महासंघको सहसचिव पदमा दीपेन्द्र ठाकुर निर्वाचित भएका छन् । ठाकुरले ३७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी मुकेशकुमार साहले १ मत प्राप्त गरे ।

Advertisement

सहकोषाध्यक्षमा धु्रव विश्वकर्मा ३२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी पवन सराफले ८ मत प्राप्त गरे। त्यस्तै सदस्यहरूमा अमित गुप्ता, जितेन्द्रकुमार गुप्ता, मनोजकुमार विश्वकर्मा र सुमन विश्वकर्मा विजयी भएका छन् ।

७/७ जना प्रतिनिधिसहित ८ जिल्ला र दुई नगर संघ गरी कुल मतदाता ७० भए पनि सर्लाही जिल्ला संघले पठाएको प्रतिनिधि विधानसम्मत नभएको भन्दै निर्वाचन समितिले कूल मतदाता संख्या ६३ कायम गरेको थियो। जसमध्ये ४५ मतदाताले मतदान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *