वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटांगा बस्ने बर्ष ४२ का मुरारी प्रसाद यादव रहेका छन् ।
बिहिवार अन्दाजी साढे २ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित उनलाई सेतो प्लाष्टिकको झोला साथमा लिई संकाष्पदरूपमा भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
यादवलाई खानतलासी गर्दा आफ्नै शरीरमा प्लाष्टिकको टेपले वेरी शरीरमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ३ किलो २०० ग्राम फेला परेको थियो ।
निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।






