Categories समाचार

आयुर्वेद चिकित्सालय वीरगन्जको अध्यक्षमा अनिल सिंह र सदस्यमा नेहा मिश्र मनोनित

Advertisement

वीरगन्ज । वीरगन्जमा रहेको प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको ब्यवस्थापन समितिको अध्यक्षमा अनिल सिंह र सदस्यमा नेहा मिश्र मनोनित भएकी छन् ।

मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फाल्गुन १८ गतेकोे मन्त्री स्तरिय निर्णयबाट अध्यक्षमा सिंहलाई मनोेनित गरेको हो।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ निवासी सिंह कांग्रेस नेता हुन् ।

Advertisement

यस्तै प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको ब्यवस्थापन समितिको सदस्यमा मनोनीत मिश्र, नेविसंघको पूर्व केन्द्रिय सदस्य हुन् ।

Advertisement

अस्पताल संचालन तथा ब्यबस्थापन सम्बन्धि कार्यबिधी २०७९ को दफा ३ को उपदफा १ क र ग बमोजिम प्रदेशको स्वास्थ्य मन्त्रायले अध्यक्षमा सिंह र सदस्यमा मिश्रलाई मनोनित गरेको अस्पतालका डाक्टर सुचित कुमार शर्माले जानकारी दिए । दुवै जनाको कार्यकाल ३ बर्षको रहनेछ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *