Categories शिक्षा

काव्या एकेडेमीका बिधार्थीहरुलाई सम्मान, पुरस्कार र प्रमाणपत्र वितरण

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको काव्या एकेडेमीमा सम्मान, पुरस्कार र प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

२०८० सालमा आयोजित अतिरिक्त क्रियाकलापमा भाग लिएका बिधार्थीहरु मध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेकोलाइ एक कार्यक्रम आयोजना गरि सम्मान, पुरस्कार र प्रमाणपत्र वितरण गरिएको हो ।

Advertisement

बैनबत्ती दौडमा कक्षा ४ का अनमोल चौरसिया प्रथम, रागिनी साह दोस्रो र धर्मविर यादव तेस्रो भएका थिए । पानी पास गर्ने खेलमा कक्षा ४ का योगा मिश्रा पहिलो, विवेक चौरसिया दोस्रो र शेषनाथ यादव तेस्रो भएका थिए । एक्क खेट्टा दौडमा कक्षा ४ कि अंकिता कुश्वाहा प्रथम तथा कक्षा ५ का सोहेब आलम दोस्रो र निशा यादव तेस्रो भएकी थिइन् ।

Advertisement

त्यसैगरी चम्मच दौडमा कक्षा ५ का अभिषेक प्रजापति प्रथम, आलोक गुप्ता दोस्रो र सोहेब आलम तेस्रो स्थान हाथ पारेका थिए । चकलेट खाने खेलमा युकेजीका दिपेन्द्र चौरसिया प्रथम, आयुष साह दोस्रो र राहुल साह तेस्रो स्थान पाएका थिए । भने पहेलि खेलमा कक्षा १ का उमंग साह प्रथम, किरण साह दोस्रो र आयुन सेन तेस्रो स्थानको उपाधि आफ्नो नाम गरेका थिए ।

विभिन्न खेलहरुमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका बिधार्थीहरुलाई स्कुल प्रांगणमा एक कार्यक्रम आयोजना गरि सम्मान, पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको प्रधानाध्यापक हरिन्द्र कुश्वाहाले जानकारी गराए ।

पढाइ संगै अतिरिक्त क्रियाकलापमा स्कुलले विशेष ध्यान दिएको दाबी गर्दै प्रधानाध्यापक कुश्वाहाले भने, `अतिरिक्त क्रियाकलाप तथा खेलकुदले ससाना बालबालिकाहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै बौद्धिक विकासमा सहयोग पुग्ने बताए ।´

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *