Categories समाचार

तीन सन्तानका पिता इम्तियाज १५ वर्षीया बालिकालाई सिन्दुर हालेर भारत लग्दा पक्राउ

Advertisement

वीरगन्ज । १५ वर्षीया बालिकालाई प्रलोभनमा पारेको आरोपमा मोहम्मद इम्तियाज मियाँलाई भारतीय प्रहरीले पक्राउ गरि नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

रक्सौल वा आसपासका क्षेत्रबाट नेपाल आएकी १५ वर्षीया बालिकालाई कसैले लैजाने सम्भावना रहेको एएचटीयू टोलीका इन्चार्जको सूचना प्रणालीबाट प्राप्त भएकोले यस विषयमा सबैलाई सचेत गराइएको भारतीय प्रहरीले जनाएको छ । उनका अनुसार केही समयपछि एएचटीयूको टोलीले एक नाबालिग केटीलाई एक व्यक्तिसँग गएको देखेपछि टोलीलाई शंका लाग्यो र त्यसपछि उनीहरूलाई रोकेर सोधपुछ गर्दा सबै छक्क परे ।

Advertisement

सोधपुछका क्रममा उक्त व्यक्तिले आफ्नो नाम मोहम्मद इम्तियाज मियाँ र उमेर २८ वर्ष रहेको र उनी पर्सा जिल्लाको रतनपुर घोराई निवासी भएको बताए । उनको पहिलेनै श्रीमती र तीन छोराछोरी छन्। उनले ट्र्याक्टर वा अन्य कुनै किसिमको मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्छन् ।

Advertisement

मियाँसंग सोधपुछ गर्दा उनले १५ वर्षीया बालिका को गाउँमा मजदुरीका लागि गएको बताए, त्यसपछि उनीसँग मित्रता गर्ने प्रयास गरे र केही समयमै युवतीसँग मित्रता भयो । केही समय पछि मन्दिरमा गएर सिन्दुर लगाएको स्विकारेका छन् ।

युवतीले भनिन्,` पहिले ती व्यक्तिले आफूलाई आफ्नो नाम वीरेन्द्र बताए तर प्रेममा परेपछि उसले आफ्नो नाम मोहम्मद इम्तियाज मियाँ भएको बताए। तर १५ वर्षीया बालिका त्यो व्यक्तिको जालमा यति धेरै फसेकी थिइन् कि उनले भनेका सबै कुरामा सहमत भइन् ।

उनका अनुसार त्यसपछि मात्र उनले आफ्नो परिवारका बारे बताए । सुरुमा बालिका स्तम्भ भइन् तर मियाँको पासोमा फसिन् र पुरुषसँगै बस्ने निर्णय गरिन् । उनलाई इस्लामको बारेमा बुझाए इस्लामको पालना गर्न थालेपछि उसलाई आफ्नो घरमा लगेर आफ्नी श्रीमतीसंग परिचय गराए।

रक्सौलमा आफ्नो छोरीको उद्धार गरिएको जानकारी पाउँदा बालिकाका परिवार छक्क परे किनभने उनीहरुले छोरी सदाको लागि हराएको ठानेका थिए । बालिका र दोषीलाई भारतीय प्रहरीले इनरवा प्रहरी चौकी वीरगन्ज नेपाललाई बुझाएको छ ।

यस उद्धार कार्यलाई सफल बनाउन इन्स्पेक्टर मनोजकुमार शर्मा, सहायक प्रहरी नायव निरीक्षक अनिल कुमार शर्मा र हवलदार अरविन्द द्विवेदीलगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *