Rato Pana
समाचार

साढे १ करोड भन्दा बढीको अवैध सामग्रीसहित ३ वटा ट्रक नियन्त्रणमा

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले साढे १ करोड भन्दा बढीको अवैध सामग्रीसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ ।  प्रहरीले १ करोड ६३ लाख ३९ हजार ८२९ रुपैयाँ बराबरको भन्सार छलीका सामग्रीसहित ३ ट्रक नियन्त्रणमा लिएको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीस्थित सडकखण्डबाट ना.४ ख ८७४०, ना.३ ख ६०९५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । उनकाअनुसार वीरगञ्जबाट काठमाण्डौ र मोरङ्तर्फ जाँदै गरेको ट्रकबाट खाद्यान्न, औषधी, लत्ताकपडा तथा हार्डवेयर पार्टसहरु बरामद गरिएको हो । 

प्रहरीले ना. ८ ख ७२४१ नम्बरको मालवाहक ट्रक पनि नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको मालवाहक ट्रकबाट ३१ लख ६८ हजार ५२० रुपैयाँ बराबरको औषधी लगायतका सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । 

नियन्त्रीत तिन वटै ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धन कार्यालय पथलैया बारामा बुझाइएको छ । 

सम्वन्धित समाचार

Leave a Comment