Categories समाचार

छोराले बञ्चरो प्रहार गरी गरे बुबाको हत्या

Advertisement

वीरगन्ज । सप्तरीमा छोराले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी बिबादमा सप्तकोशी नगरपालिका ३ का ४५ वर्षीय हिराइ सदाको हत्या भएको हो ।

उनका छोरा २२ वर्षीय लालदेव सदाले बन्चरो घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

Advertisement


लालदेवले प्रहार गरेको बञ्चरो प्रहार गर्दा ६५ वर्षीय दशन सदालाई समेत बन्चरो प्रहार गर्दा घाइते भएका छन् । उनको स्थानिय अस्पताल फत्तेपुरमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताए ।

Advertisement

बन्चरो प्रहार गर्ने लालदेवलाई बन्चरो सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *