Categories समाचार

वीरगञ्जको पूजा सामग्री प्रोडक्ट उद्योगमा शिलबन्दी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको एक उद्योगलाई शिलबन्दी गरेको छ । अखाद्य वस्तु मिसावट गरिएको खबरपश्चात स्थलगत अनुगमनमा पुगेको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीस्थित पूजा सामग्री प्रोडक्ट उद्योगलाई शिलबन्दी गरेको हो । 

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी नेतृत्वको टोलीले अनुगमन गरेको हो । उद्योगबाट च्वाईस बेकरी, खाली कार्टनु, खाली बट्टा, डाल्डाको स्वस्तिक ब्रान्ड, तयारी घ्यु, नोभा मिल्क, अमृत डाल्डा लगायतका सामग्रीसहित उद्योगको भवनलाई शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । उद्योग उमेश साहले सञ्चालन गरेको उद्योगबाट बरामद भएका सामग्रीमध्ये केही सामान परीक्षणका लागि लिएर आएको पनि उनले जानकारी दिए । 

Advertisement

यद्यपी उद्योगको प्रतिनीधिको रुपमा कृष्ण कुमार सर्राफसँग सोधपुछ गरिएको उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीसँगै, गुणस्तर तथा नापतौल कार्यलय पर्साका प्रतिनीधि, वाणिज्य तथा आपूर्ती कार्यालयका प्रतिनीधि, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुस्कर बोगटी, उपभोक्ता संरक्षण मञ्चका प्रतिनीधि, जिल्ला प्रशासनका प्रतिनीधि लगायतको टोलीले अनुगमन गरेको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *