Categories समाचार

भन्सार छलीका समानसहित पाँचवटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । पर्सा प्रहरीले ५ वटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जका विभिन्न स्थानबाट भन्सार छलीका सामग्रीसहित ५ वटा ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । थापाकाअनुसार नियन्त्रीत ट्रकबाट ६७ लाख ६१ हजार ५९४ रुपैयाँ मूल्य बराबरको खाद्यान्न, औषधी, लत्ताकपडा तथा हार्डवेयरका पार्टसहरु बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट ना.३ख ७६५६ र प्र.३–०३–००१ ख ००९८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट चितवन र मकवानपुरतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको ट्रकबाट २९ लाख ४८ हजार ४१३ रुपैयाँ बराबरको खाद्यान्न र खुद्रा प्याज बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । 

Advertisement

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डाल चोकस्थित सडकखण्डबाट बिआर ०५ जि ९९९२ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिइएको हो । उक्त पिकअपबाट कुर्ता सुरुवाल बरामद गरिएको थापाले जानकारी दिए । त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट प्रहरीले बेवारिसे अवस्थामा ४ लाख मूल्य बराबरको हार्डवेयर मोटर पार्टस बरामद गरेको छ ।

Advertisement

वीरगञ्ज महानगरपालिका वडा नमबर ९ रेल्वे रोडबाट ५२ हजार मूल्य बराबरको १० कार्टुन कोट्को चकलेट बरामद गरिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले गण्डक चौकबाट ना.३ ख ३७४, ना.३ ख ४८७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट पोखरा र चितवनतर्फ जाँदै गरेको ट्रकबाट १७ लाख  ७७ हजार १६० रुपैयाँ बराबरको सामग्री बरामद गरिएको डिएसपी थापाले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *