Categories शिक्षा

५० जना दलित बालबालिकालाइ निशुल्क ट्युसन पढाउने घोषणा

वीरगन्ज । दलित एकता उत्थान नेपाल नामक संस्थाले वीरगन्जको ग्रामीण भेगका ५० जना दलित बालबालिकालाइ निशुल्क ट्युसन पढाउने ब्यवस्था गर्ने भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीबिर्ताका दलित बालबालिकाहरुलाई स्थानीय ध्रुब राय यादवसमेतको आर्थिक सहयोगमा उक्त संस्थाले निशुल्क ट्युसन पढाउने भएको हो ।

Advertisement

शनिबार एक कार्यक्रमकाबिच दलित एकता उत्थान नेपालका अध्यक्ष शम्भु हजराले उक्त घोषणा गरेका हुन् । कार्यक्रममा ध्रुब राय यादवले दलित शसक्तिकरणको पनि परिभाषा फराकिलो हुँदै गएकोमा खुसी ब्यक्त गर्दै आफ्नो अधिकार प्राप्त गर्न अझै एक कदम अगाडि बढ्नु पर्ने बताए ।

Advertisement

कार्यक्रममा होटल तथा पर्यटन ब्यवसायी संघका केन्द्रिय सचिव हरि पन्तले सदियौंदेखि ठूलो जातका भनाउँदाहरुले दलितलाई तल्लो जातको भनेर हेला गर्दै आएको प्रवृतिलाई समाप्त पार्न दलितहरु स्वंय अगाडि आउनुपर्नेमा जोड दिए ।

शिक्षा र चेतनाको स्तर बढाउन सकेमात्रै यो सम्भव हुने उनले बताए ।हजराको अध्यक्षतामा भएको कार्यक्रममा दिलिप कुर्मी , सुदिश प्रजापती ,जितेन्द्र मिश्र लगायतकोपनि उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *