Categories धर्म/संस्कृति समाचार

तराई मधेसका जिल्लाहरूमा आज हर्षोलासपूर्वक होली मनाइँदै

वीरगन्ज । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा आज सोमबार हर्षोलासपूर्वक मनाइँदै छ ।

पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।

Advertisement

होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

Advertisement

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *