Categories समाचार

दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा

Advertisement

वीरगन्ज । वीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् ।रिहा हुनेमा बेहुला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा हल टोलका उमेश साह ,उनका बुबा बच्चालाल साह , बेहुलाका दाईहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बाराको परवानीपुर गाउँँपालिका वडा नम्बर ५ बस्ने रामएकवाल साह रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गत फागुन २८ गते मध्यरातामा वैवाहिक समारोह चलिरहकै बेला बेहुला पक्षले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा बेहुली पक्षसंग विवाद गरेपछि विहे नै भाँडिएको थियो ।त्यहि विवाद चर्किएर बेहुला र बेहुलीपक्षबिच कुटाकुटपनि भएको थियो । विहे नै भाँडिएपछि प्रहरीले विहेके जग्गेबाटै बेहुला , उनका बुबा , दाजु , भिनाजुसहित पाँच जनालाई नियन्त्रणमा लिएर उनिहरु विरुद्ध गत चैत ९ गते पर्सा जिल्ला अदालतमा बिबाह सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेको थियो ।

Advertisement

उक्त मुद्दाको गत आईतबार सुनुवाई गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनालको ईजलाशले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतको उक्त आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

Advertisement

यता बेहुला पक्षले भने दाइजोको निहुँमा विहे भाँडिएको कुरा निराधार रहेको दाबी गर्दै आएको छ । बेहुलीलाई मागेजतिको गहना आँफुहरुले विहेमा नल्याएको निहुँमा बेहुली पक्षले विवाद गरेर विहे भाँडेको बेहुला पक्षले आरोप लगाउदै आएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *