Categories अर्थ

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको हो।

Advertisement

यसअघि बिहीबार एक तोला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

सुनको मूल्य बढेसँगै आज चाँदीको पनि बढेको छ।आज प्रतितोला चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *