Categories समाचार

कटुवा पेस्तोलसहित एकजना पक्राउ

वीरगन्ज । सिरहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका २ का ४९ वर्षीय विजय यादव रहेका छन् ।

घरमा पेस्तोल लुकाइ राखेको गोप्य सूचनाको आधारमा बुधबार अपराहन्न ४ बजे उनको घर खानतलासी गर्दा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Advertisement

उनीमाथि सिरहा जिल्ला अदालतबाट हातहतियार मुद्दामा सात दिनको म्याद थप लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *