Categories समाचार

एसईई : ३१ वटा परीक्षा केन्द्रबाट ५ सय वटा मोबाइल बरामद

Advertisement

रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाबाट शुक्रबार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट ५ सय वटा मोबाइल बरामद गरेको छ।

परीक्षा अनुगमन समितिले ५ सय वटा मोबाइल बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरूले गौर, चन्द्रपुर, गरुडा लगायत जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय वटा मोबाइल बरामद गरेका हुन् ।

Advertisement

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितको अनुगमन टोलीले उक्त संख्यामा परीक्षा हलबाट मोबाइल बरामद गरेको हो।

Advertisement

बरामद गरिएको मोबाइल सेटमा सम्बन्धित व्यक्तिहरूको नाम लेखिएको र परीक्षा सकिएपछि फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।साभारःअन्नपूर्ण पोष्टबाट

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *