Categories समाचार

जनमत पार्टी क्लबकाे माेडेलमा चलिरहेको आराेप लगाउँदै सह-इन्चार्ज द्विवेदीले दिए राजिनामा

Advertisement

वीरगन्ज । जनमत पार्टीका पर्सा जिल्ला सह-इन्चार्ज मुकेश द्विवेदीले राजिनामा दिएका छन्।शुक्रबार जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहलाई द्विवेदीले आफुले आजकै दिनदेखि सह-इन्चार्ज पदबाट राजिनामा दिएकाे पत्र पठाएका हुन्।

जनमत पार्टीका केन्द्रीय सदस्य समेत रहेका द्विवेदीले पर्सा जिल्लामा जनमत पार्टी एउटा क्लबकाे माेडेलमा चलिरहेको आराेप लगाउँदै संगठन विस्तार, पार्टीका निर्णय लगायतका गतिविधिमा आँफुसंग कुनै सरसल्लाह समेत नगर्ने गरिएकाले आँफुले सह-इन्चार्ज पदबाट राजिनामा दिएकाे बताएका छन् ।

Advertisement

उनले राजिनामा पत्रमा लेखेका छन्,- पार्टीको कुनैपनि निर्णयमा मेराे राय सल्लाह वा सहमति लिने गरिएको छैन।पार्टीको भातृ संघसंगठन समेतकाे निर्णयमा मेराे सल्लाह ,सुझाव लिन जरुरी ठानिएको छैन।पार्टी एउटा क्लबकाे माेडेलमा चलिरहेको छ। त्यसकारण नैतिकताको आधारमापनि सह-इन्चार्ज पदमा बसिरहन उपयुुक्त नदेखिएकाले आजैकाे मितिदेखि सह-इन्चार्ज पदबाट राजिनामा दिएकाे छु।

Advertisement

द्विवेदीले जिल्ला सह-इन्चार्ज पदबाट राजिनामा दिएपनि केन्द्रीय सदस्य र साधरण सदस्यका रुपमा भने पार्टीमा रहेर काम गरिरहनेपनि बताएका छन् ।

यसबारेमा प्रतिक्रिया लिन शुक्रबार राति टेलिफोनमा सम्पर्क खाेज्दा द्विवेदीले सह-इन्चार्ज पदबाट आँफुले राजिनामा दिएकाे पुष्टि गरे।उनले भने,`पार्टीको सह-इन्चार्ज पदबाट राजिनामा दिएकाे छु।राजिनामा पत्र जिल्ला इन्चार्ज माधव सिंहलाईपनि पठाइसकेको छु।सह-इन्चार्ज पदबाट राजिनामा दिएपनि केन्द्रीय सदस्य र साधरण सदस्यका रुपमा भने काम गरिरहनेछु।´ मधेसखबरबाट साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *