Categories समाचार

बाबाको भेषमा लागु औषध गाँजाको तस्करी

Advertisement

वीरगन्ज । बाबाको भेषमा लागु औषध गाँजा लुकाइराखेको अवस्था एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला बारा गा.बि.स. बछनपुर्वा वडा नं.६ जन्म स्थान घर भई हाल जिल्ला रौतहट फतुवाबिजयपुर न.पा.वडा नं.११ भैसही टोल बस्ने प्रमेश्वर हजराका छोरा बर्ष ६३ का दयालाल पैसवान रहेका छन् ।

Advertisement

प्रहरीका अनुसार शुक्रबार बिहान अन्दाजी ०९;४५ बजे आफ्नो घरमा लागु औषध गाँजा लुकाई छिपाई राखेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पैसवानको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको लागु औषध गाँजा १७ किलो ५०० ग्राम फेला परेको थियो ।

Advertisement

सो लागु औषध गाँजा सहित पैसवानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया रौतहटमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।

पछिल्लो समय मकवानपुर जिल्लाको विभिन्न स्थानबाट खरिद गरी लागूऔषध गाँजा तस्करले साधुको भेषमा लुकाई छिपाई सीमावर्ती भारतीय बजार सम्म पुर्‍याउने गरेका छन् । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *