Categories समाचार

शौचालयको सेफ्टी ट्यांकी सफाइ गर्ने क्रममा एक मजदुरको मृत्यु

Advertisement

जनकपुर । धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ।

सफा गर्न सेफ्टी ट्यांकीमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिक (डोम)को निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

स्थानीय विनय यादवका अनुसार नगरपालिकाले तलबभत्ता नतोकेपछि काम छाडेका ठेकु शनिबार काममा गएका थिए। उनको मृत्यु भएको खबर आएपछि मात्रै परिवारले ठेकु काममा गएको जानकारी पाएको विनयले बताए।

Advertisement

प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *