Categories समाचार

दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु

Advertisement

वीरगञ्ज । रौतहटमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बौधिमाई नगरपालिका – ४ इनर्वारीका २५ वर्षीय सुरेश पासवान रहेका छन् ।

Advertisement

आइतबार बिहान परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुई वटा मोटरसाइकल ठोक्किँदा पासवानको गम्भीर घाइते भएका थिए ।

Advertisement

गम्भीर घाइते पासवानलाई थप उपचारका लागि वीरगञ्ज पठाउँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *