Categories समाचार

समाजसेवी गुप्ताको पहलमा सिकिस्त घाइते बाछोको उद्धार र उपचार

Advertisement

वीरगञ्ज । बाराको सानो नौतन् गण्डक देखि मेडिकल कलेज जानें बाटोमा गाई को बाछो घाइते अवस्थामा फेला परेपछि समाजिक अभियन्ता विनय गुप्ताले उद्धार गरि उपचार गराएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५, मानव सेवा आश्रम निर्माणस्थल नजिकै सिकिस्त घाइते बाछोलाई स्थानियले मृत भनेर छाडेका थिए ।

Advertisement

समाजिक कार्यमा सक्रिय बाराको प्रसौनी निवासी गुप्ताको पहलमा बाराका एसपी तथा प्रमुख जिल्ला अधिकारीको सहयोगमा उद्धार गरी भेटेनरी अस्पताल वीरगञ्जमा उपचार गरिएको थियो ।

Advertisement

उपचार पछि बाछोलाई जीतपुर वीरगञ्ज गौशालामा राख्ने व्यवस्था मिलाइएको छ । सो कार्यमा सहयोग गर्नु भएका प्रसौनी गाउँपालिकाका पशु प्राविधिक , पर्सा प्रहरी तथा समाजिक अभियानता प्रकाश थारुलाई गुप्ता धन्यावाद व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *