Categories समाचार

वीरगन्जबाट अनलाइन ठगी धन्धा चलाउने तीन चाइनिज नागरिक पक्राउ

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १५ लक्ष्मणवास्थित मठ नजिक रहेको एक घरमा जिल्ला प्रहरी कार्यालय पर्साले छापामारी गरि ठूलो मात्रामा कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्री र ३ जना विदेश (चाइनिज) नागरिकहरूलाई नियन्त्रणमा लिएको छ ।

छापामारी गरि पर्सा प्रहरीले ३ जना विदेश  (चाइनिज) नागरिकहरूलाई नियन्त्रणमा लिई आज पत्रकार सम्मेलन मार्फत सर्वाजनिक गरेको छ ।

Advertisement

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल नेतृत्वमा छापामारी गर्न पुगेको प्रहरी टोलीले त्यहाँबाट ठूलो मात्रामा कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्री समेत बरामद गरेको पत्रकार सम्मेलन मार्फत सर्वाजनिक गरेका छन् ।

Advertisement

प्रहरीका अनुसार उक्त गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्नुका साथै अन्य साइबर अपराध सम्बन्धी गतिविधि गर्दै आएका थिए ।

गिरोहका थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगञ्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएको प्रहरीको आशंका थियो ।

बरामदी दशीका सामानहरूः-

कम्प्युटर डेक्सटप CPU- १२०, मनिटर-११८ थान, पासपोर्ट थान-३, मोबाईल-३५ थान,.भारतीय Geo Sim card-१३ थान, ल्यापटप- ४ थान, प्रिन्टर-१ थान, विभिन्न बैंकहरूका ATM CARD-३ थान Keyboard-२६ थान Internet Switch-५ थान, WiFi Router-२ थान, Mini Inverter-२ थान, BR01CX 5792 नम्बरको I20 गाडी, प्र.२-०३-०११ प १३६७ नम्बरको मो.सा.१ थान समेत । बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट,नेपाली ५०० दरका नोट ८६ पिस गरी रू.४३,०००।– ( त्रिचालीस हजार, कम्बोडियन -३५००),

पक्राउ परेका व्यक्तिहरूको विवरणः-

नामथरः- LIU GUI CAI, उमेरः-३३ वर्ष, ठेगानाः-HUNAN CHINA, पक्राउ स्थानः-जि.पर्सा वी.म.न.पा.वडा नं.१५, नामथरः- WANG BOHAN, उमेरः-२६ वर्ष, ठेगानाः- HUBEI CHINA, पक्राउ स्थानः- जि.पर्सा वी.म.न.पा.वडा नं.१५, नामथरः- XIANG XIAO, उमेरः-३६ वर्ष, ठेगानाः-HUBEI CHINA, पक्राउ स्थानः- जि.पर्सा वी.म.न.पा.वडा नं.६

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *