वीरगंज । वीरगंज महानगरपालिकाले एकिकृत परीक्षा प्रणालीमार्फत यस वर्षबाट लिन सुरु गरेको आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको अनुगमन महानगर प्रमुख राजेशमान सिंहले गरेका छन् ।
कक्षा ८ को महानगरस्तरीय बार्षिक परिक्षामा ३६ वटा सामुदायिक विद्यालयका ३ हजार १४१ जना र ८२ वटा संस्थागत विद्यालयका २ हजार ५२१ जना गरी यश वर्ष कूल ५ हजार ६५७ जना विद्यार्थीले सहभागिता जनाएका छन् ।
६ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरेर सुरु भएको परीक्षा आजको दिनसम्म शान्तीपूर्णरुपमा संचालन भइरहेको छ ।
परीक्षा बिहीबार सम्पन्न हुने र यही चैत २८ गते भित्र नतिजा समेत प्रकाशन गर्ने गरि काम भइरहेको जनाइएको छ ।











