Categories समाचार

तस्करीको आशंकामा ५० लाख रुपैयाँ मूल्यको सामानसहित ट्रक नियन्त्रणमा

Advertisement

वीरगन्ज । प्रहरीले वीरगन्जबाट तस्करीको आशंकामा ५० लाख रुपैयाँ मूल्यको सामानसहित एउटा ट्रकपनि नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ५० लाख १२ हजार १८० रुपैयाँ मुल्यको कपडा, औषधी,चिनी,सुर्ती लगायतका सामानसहित ना ८ ख ३५४९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

Advertisement

गत सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर १२ स्थित पावर हाउस चोकमा ना ८ ख ३५४९ नम्बरको ट्रक रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकबाट राजश्व छलेर ल्याइएको ४१ लाख ९३हजार १० रुपैयाँ मुल्यको कपडा र खुद्रा सामानहरू बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । उक्त सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जानकारी उनले दिए।

Advertisement

यस्तै गत सोमबार नै बेलुकी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा भारतबाट भन्सार राजश्व छलेर चोरी पैठारी गरी ल्याउदै गरेको ८ लाख १९ हजार १७० रुपैयाँ मूल्यको कपडा, चिनी, सुर्ती तथा औषधी बरामद गरिएको थापाले बताए । ती सामानहरु आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *