Categories समाचार

रामनवमी महोत्सवको त्यारिमा जनजागरण अभियान सुरु

वीरगन्ज । कुर्मी सशक्तिकरण मंच पर्सा को आयोजनमा रामनवमी पूजा महोत्सव भाब्यताका सफल बनाउन कुर्मी सशक्तिकरण मंच पर्सा ले आज देखी जनजागरण अभियान सुरु गरेको छ।

यही बैशाख ५ गते परेको रामनवमी महोत्सव शोभा यात्रामा सहभागी भईदिनको लागी हरेक गाउ टोल मा पुगेर सम्पूर्ण स्वजातीय बंधु लगायत हिंदू धर्ममा आस्था राखने सबै भक्त जनमा अनुरोध गर्दै जनजागरण अभियान गर्ने क्रममा आज पहिलो दिन बीरगंज १५ लक्षुमनवा मा पुगी पूर्व वडा अध्यक्ष गजेंद्र प्रसाद कुर्मी को अगुवाई मा कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

कुर्मी समुदाय ले आफू राम जी को वंशज भएको खुशिमा हरेक वर्ष चैत्र नवमी अर्थात रामनवमीको दिन प्रभु श्रीराम जी को जन्म उत्सव भ्ब्यताका साथ मनाउने गरेका छन।जन्म उत्सावको मनाउन हरेक गाउ गाउ बाट सहभागी भई बजागाजा,रंथ, र विशाल शोभा यात्रा को साथ वीरगन्ज परिक्रमा गरी कुर्मी सेवा सदन वीरगन्ज २४ रामगढमा पुगेर पूजा पाठ गरी मनाउन गरेको मंचका कोषाध्यक्ष राजेश पटेल ले बताए।

Advertisement

आज को अभियान कार्यक्रम मा कुर्मी सशक्तिकरण मंच का केंद्रीय सदस्य बाके बिहारी पटेल,पर्सा जिल्ला इंचार्ज धर्मेंद्र पटेल, पर्सा जिल्ला अध्यक्ष दीपक पटेल, वरिष्ठ उपाध्क्ष राजेश पटेल,सचिव देव प्रकाश पटेल,कोषाधक्ष्य राजेश पटेल, प्रबक्ता अनिल पटेल, सदस्य कन्हैया पटेल,जितेंद्र पटेल लगायत को सहभागिता रहेको सचिव देव प्रकाश पटेल ले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *