Categories समाचार

मोटरसाइकलको तेल ट्यांकीभित्र लुकाई लागुऔषधको तस्करी गर्ने दुई युवक पक्राउ

वीरगन्ज । मोटरसाइकलको तेल ट्यांकीभित्र लुकाई लागुऔषधको तस्करी गर्ने दुई जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुरकाे हेटौंडा उपमहानग्पालिका वडा नंबर १३ बस्ने २४ बर्षिय सुभराज मोक्तान र मोटरसाइकल पछाडि सवार हेटाैंडा उपमहानगरपालिका वडा नंबर ४ बस्ने २२ बर्षिय निरज गोले रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

Advertisement

बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नंबर २१ अमलेखगञ्जमम वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको ना ४३ प २०२ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो।

Advertisement

चेकजाँचको क्रममा मोटरसाइकलको पेट्रोल टयांकीभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले लागुऔषध ओनेरेक्स सिरप एक सय एमएलको ३९ बोतल फेला पारेको थियो।

पक्राउ परेका दुबैजनालाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको न्याैपानेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *