Categories समाचार

छुरा प्रहर गरी एक युवकको हत्या

Advertisement

वीरगन्ज । जनकपुरमा छुरा प्रहर गरी एक युवकको हत्या भएको छ । महोत्तरीको एकडाडा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा रचौक नजिक आज दिउँसो १२ बजेतिर महासेठको हत्या भएको हो ।

Advertisement

एकिन छुरा भन्न नसकिएपनि धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव शौचालय भित्र भेटिएको डिएसपी अवाले बताए । हत्या गरेको आशंकामा स्थानीय २४ वर्षीय अर्जुन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *