Categories समाचार

२६ लाख भन्दा बढी मूल्यको सामानसहित ट्रक नियन्त्रणमा

Advertisement

वीरगन्ज । भारतबाट राजश्व छलेर ल्याइएको आशंकामा प्रहरीले वीरगन्जबाट २६ लाख भन्दा बढी मूल्यको सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट ना ३ ख ४५०९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

Advertisement

उक्त ट्रकबाट कपडा र खुद्रा सामान गरी २६ लाख ५९ हजार ३३५ रुपैयाँ मूल्यको सामान बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिए ।

Advertisement

सामान सहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *