Categories समाचार

श्राेत नखुलेकाे ६ लाख रुपैयाँसहित एक महिला पक्राउ

Advertisement

वीरगन्ज । भारतसंग सीमा जाेडिएकाे वीरगन्ज नाकाबाट सशस्त्र प्रहरीले श्राेत नखुलेकाे ६ लाख नेपाली रुपैयाँसहित एक महिलालाई पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ३७ बर्षिया मालतीदेवी साेनारिन रहेकी छिन् ।

साेमबार भारतकाे रक्साैफबाट पैदल वीरगन्ज आउँदै गरेकी साेनारिन्लाई वीरगन्ज १६ स्थित शंकराचार्य गेट नजिकै सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गरेकाे थियाे।त्यसक्रममा उनकाे साथबाट श्राेत खुलाउन नसकेकाे नेपाली १ हजार दरकाे नाेट ६ सय थान अर्थात ६ लाख रुपैयाँ बरामद भएकाे पर्साका सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले बताए ।

Advertisement

महिलाको साथबाट बरामद रकम हुण्डीकाे काराेबारमा प्रयाेग गरिएको रकम रहेकाे सशस्त्र प्रहरीको आशंका छ।

Advertisement

रकमसहित नियन्त्रणमा लिइएकी साेनारिन्लाई आवश्यक कारबाहीका लागि साेमबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्यले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *