Categories समाचार

छाती दुःखेको नाटक गर्दै शाहनवाज हिजैदेखि अस्पताल भर्ना, पूर्वाग्रहपूर्ण कार्य भएको कलेजको आरोप

Advertisement

वीरगञ्ज । म्याद गुज्रेको केमिकलको प्रयोग गरी ल्याब सञ्चालन गरेको आरोपमा वीरगञ्जको नेशनल मेडिकल कलेजमा भएको छापामारीमा नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीका छोरा प्रबन्ध निर्देशक शाहनवाज अन्सारी पक्राउ परेका छन् ।

शाहनवाज अन्सारी पक्राउ परे पछि जिल्ला प्रहरी कार्यालय पर्साले उनको मेडिकल चेकअपको लागी वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाउँदा शाहनवाज छाती दुःखेको नाटक गरेर अस्पतालमा जबरदस्ती भर्ना भए पनि तर शाहनवाजको आफन्तले नारायणी अस्पतालमा शाहनवाजको उपचार हुन सक्दैन भन्दै आफनो नेशनल मेडिकल कलेजमा शाहनवाजलाई लगन प्रयास गरेको एसपी कुमोध ढुंगेलले बताए ।

Advertisement

यता एसपी कुमोध ढुंगेलले नेशनल मेडिकल कलेजमा शाहनवाजलाई लगन नदिए पछि शाहनवाजको आफन्तले उनको हितैसी रहेको वीरगञ्ज हेल्थ केयर अस्पतामा शाहनवाजलाई लगि भियाईपी उपचार हुदै छ, उनिसंग रहेका एक प्रहरीले बताए । 

Advertisement

नारायणी अस्पतालमा शाहनवाजको उपचार हुन्दा शाहनवाज बिरामी नभएको पोल खुल्ला भन्ने डरले पनि शाहनवाज नारायणी अस्पतालमा उपचार गराउन नमानेको एक डाक्टरले बताए ।

सोमबार दिउँसो वीरगञ्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो । त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याज गुज्रिएका केमिल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताए का थिए ।

मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याज गुज्रिएका ४० भन्द्या बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको पटेलले जानकारी दिए । उनले भने,‘ ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरु म्याद गु्ज्रिएको भेटिएका थिए ।

मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक कुमोध ढुंगेलसंगै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो, औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतको सहभागीता थियो ।

यता कलेजले आज मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि सम्भावित घटना को बहानामा प्रबन्ध निर्देशक र प्रयोगशाला इन्चार्ज लाई हिरासतमा लिने स्पष्ट नियतका साथ यो द्वेवस्पूर्ण र पूर्वागरहपूर्ण कार्य भएको जनाइएको छ ।

विज्ञप्ति मार्फत घटनाको आलोचना गर्दै त्यस्ता कार्यहरूलाई ठाडै अस्वीकार गरि प्रबन्ध निर्देशक र इन्चार्जलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *