Categories समाचार

एमडी अन्सारी र ल्याब प्रमुख साहको रिहाइको माग गर्दै स्वास्थ्यकर्मी र कर्मचारीले गरे प्रदर्शन

Advertisement

वीरगन्ज । प्रहरीले पक्राउ गरेका वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक(एमडी) शहनवाज अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई रिहा गर्न माग गर्दै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीले प्रदर्शन गरेका छन् ।

सोमबार मेडिकल कलेजको ल्याबमा वीरगन्ज महानगरको अनुगमन समितिले अनुगमन गर्ने क्रममा म्याद सकिएका केमिकल लगायतका औषधी बरामद भएपछि प्रहरीले मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका अन्सारीको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबारराति नै उनलाई वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको छ ।

Advertisement

प्रहरीले पुर्वाग्रही भएर एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरेको भन्दै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीहरुले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् । हातमा झाडु र पोष्टर लिएर जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पुगेका करिब १ सय ५० जनाको संख्यामा रहेका उनिहरुले प्रहरीविरुद्ध नाराबाजीपनि गरेका छन् । एमडी अन्सारी र ल्याब प्रमुख साहलाई विना सर्त रिहा गर्नु पर्ने उनिहरुको माग छ ।

Advertisement

यसैबिच मंगलबार नै मेडिकल कलेज प्रशासनले एक प्रेस विज्ञप्ति जारी गर्दै एमडी अन्सारी र ल्याब प्रमुख साहलाई प्रहरीले पूर्वाग्राही भएर नियन्त्रणमा लिनु अन्यायपूर्ण र अनुचित रहेकाले तत्काल दुवैजनालाई रिहा गर्न माग गरेको छ ।

मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत गौसुल आजमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–मेडिकल कलेजले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत अन्य नियामक निकायको निर्देशन र प्रोटोकलको पालना गर्दै आएको छ । कुनैपनि प्रयोगशालामा रिएजेन्ट र रसायनको म्याद समाप्त हुनु सामान्य कुरा हो । त्यस्ता म्याद सकिएका रिएजेन्ट र रसायनहरु भण्डारण गरेर विधिप्रकृया पूरा गरी निश्चित अन्तरालमा प्रयोगशालाबाट हटाइन्छ । तसर्थ मेडिकल कलेजको प्रयोगशालामा म्याद नाघेका वस्तुहरु राख्नु गैरकानूनी छैन। हाम्रो प्रयोगशालामा त्यस्ता म्याद नाघेका रिएजेन्ट र रसायनहरुसंग सम्बन्धित जोखिम शुन्य हुन्छ किनकी मेडिकल कलेजको प्रयोगशालामा भएका स्वालित मेसिन र उपकरणले म्याद नाघेका रिएजेन्ट र रसायन एसेप्ट नै नगर्ने भएकाले जाँच प्रकृया नै सुरु गर्दैन ।’

सोमबार महानगरको टोली र प्रहरीले अनुगमन गर्ने क्रममा यो तथ्य अनुगमन टोलीलाई स्पष्ट रुपमा जानकारी गराउँदाका बाबजुदपनि प्रहरीले एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पूर्वाग्राही भएर पक्राउ गरेर लगेको प्रमुख प्रशासकीय अधिकृत आजमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सोमबार दिउँसो वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको प्रयोगशालामा छापा मारेर म्याद गुज्रिएका झण्डै ४० प्रकारका केमिकल लगायतका औषधि फेला परेपछि प्रहरी उपरीक्षक कुमोध ढुंगेल नेतृत्वको प्रहरी टोलीले एमडी अन्सारी र ल्याब प्रमुख साहलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *