Categories अर्थ

आज तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको भाउ

Advertisement

काठमाडौं । सुनको भाउ बुधबार तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

Advertisement

यो मूल्य अहिलेसम्मकै उच्च हो । दैनिक मूल्य बढिरहँदा उच्च रेकर्ड बनिरहेको छ । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

Advertisement

चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलामा १५ रुपैयाँ बढेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *