Categories समाचार

पक्राउ परेका डा. साहलाई रिहा गर्न नेपाल चिकित्सक संघको माग, कडा आन्दोलन गर्ने चेतावनी

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका ल्याब प्रमुख डा. सञ्जय कुमार साहलाई रिहा गर्न नेपाल चिकित्सक सङ्घ नारायणी अञ्चल शाखा वीरगञ्जले माग गरेको छ ।

मङ्गलवार एउटा विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक सङ्घ नारायणी अञ्चल शाखा वीरगञ्जका सचिव डा. नौसाद हकले साहलाई पक्राउ गरिएको घटनाको भर्त्सना गर्दै उनलाई तत्काल बिना सर्त रिहा गर्न माग गरेका हुन् ।

Advertisement

प्रहरी र प्रशासनले डा. साहको मानमर्दन हुने गरी आपराधिक शैलीमा पक्राउ गरी लगेको घटना प्रति आफ्नो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताउँदै डा. साहलाई रिहा नगरे नेपाल चिक्तिसक संघले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

Advertisement

विज्ञप्तिमा उनले भनेका छन् – “मिति २०८० चैत्र २६ गते नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जबाट यस नेपाल चिकित्सक सङ्घका आजीवन सदस्य डा. सञ्जय कुमार साह लाई प्रहरी प्रशासनद्वारा डा. साहको मान मर्दन हुनेरि आपराधिक शैलीमा पक्राउ गरी लगेको घटना प्रति यस नेपाल चिकित्सक सङ्घ नारायणी शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेशनल मेडिकल कलेज वीरगञ्जबाट प्रकाशित विज्ञप्तिमा प्रयोगशाला नियामक निकायहरूको निर्देशन, दिशानिर्देश, प्रक्रिया, कार्यविधि र प्रोटोकलहरूको कडाइका साथ पालना गरिएको र कुनै पनि रिएजेन्ट तथा केमिकलको म्याद गुज्रिनु सामान्य प्रक्रिया भएकोले त्यस्ता रिएजन्टहरुको निश्चित मापदण्ड अपनाएर मात्र डिस्पोज गर्नु पर्ने भएको तथा प्रयोगशालाको मेशिन तथा उपकरणहरू पूर्ण स्वचालित भएकोले कुनै पनि म्याद गुज्रेका रिएजेन्ट भुलवश पनि प्रयोग भएमा मेशिनले आफै रिजेक्ट गरिदिने सिस्टम रहेको मा म्याद गुज्रेका रिजेन्ट प्रयोग हुने सम्भावना शून्य रहेको उल्लेख छ ।

पेसागत दायित्व निर्वाह गर्ने क्रममा कहीँ कतै सामान्य कमीकमजोरी त्रुटि भएमा त्यसको सत्य तथ्य छानबिन गर्ने कानुनी विधि प्रक्रियाहरू अनुसार सम्बन्धित निकायद्वारा सोको गम्भीरता अनुसार को कार्यशैली अपनाउनु पर्नेमा अतिरञ्जित तरिकाले कपोकल्पित घट्नालाई आधार चिकित्सकको मानमर्दन हुने गरी प्रहरी प्रशासनद्वारा घटाइएको घट्नाको नेपाल चिकित्सक सङ्घ, नारायणी शाखा घोर भर्त्सना गर्दछ ।

साथै डा. सञ्जय कुमार साह ज्यु लाई ससम्मान अविलम्ब रिहा गर्न प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछ । विपरीत अवस्थामा डा. सञ्जय कुमार साह ज्यु लाई न्याय दिलाउनका लागि यस नेपाल चिकित्सक सङ्घ, नारायणी शाखा जुनसुकै सङ्घर्ष गर्न पछि नपर्ने ब्यहोरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *