Categories समाचार

इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा भोलि सार्वजनिक बिदा

वीरगन्ज । संघीय सरकारले भोलि बिहीबार चैत २९ गते सार्वजनिक बिदा दिएको छ ।इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।

इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने भएका छन्।केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन्।

Advertisement

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्। रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो।

Advertisement

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन्। यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *