Categories समाचार

बाग्मती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मेयर थापाले पाँच वर्षमा ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Advertisement

दायर गरिएको मुद्दामा मेयर थापासँग ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो दाबी गरिएको छ । मेयर थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

Advertisement

थापाले मेयरको रूपमा सार्वजनिक सेवा प्रवेश गरेको २०७४ असोज ७ गतेदेखि २०७९ माघ २९ गतेसम्मको अवधिको अनुसन्धान हुँदा उक्त रकम गैरकानुनी रुपमा आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ ।

अनुसन्धान गरिएको अवधिमा थापाको वैधानिक आय ७ करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ रहेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यही जाँच अवधिमा उनको सम्पूर्ण व्यय (खर्च तथा लगानी) १३ करोड २० लाख तीन हजार ३९१ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

थापाको कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बराबरको सम्पत्ति ऋणात्मक देखिएको ठहर अख्तियारको छ ।

सार्वजनिक पद धारण गरेका वाग्मती नगरपालिकाका प्रमुख थापाले सार्वजनिक पदको दुरुपयोग गरी सो सम्पत्ति आर्जन गरेको ठहर अख्तियारको छ ।माओवादीका थापा यस कार्यकालका लागि पनि मेयर निर्वाचित भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *