Categories एजेन्सी

दिल्लीका मुख्यमन्त्री केजरीवाल थप एक साता हिरासतमा बस्ने

Advertisement

नयाँ दिल्ली । भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई विगत २४ घण्टाभित्र एकपछि अर्को धक्का लागेको छ ।

मदिरा घोटाला प्रकरणमा जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा फसेका केजरीवालले मङ्गलवार पुर्पक्षका लागि थुनामा पठाउने तल्लो अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको पुनरावेदन खारेज गरिदिएको थियो । त्यसपछि वकिलहरूसँग सम्बन्धित रिटमाथि अर्को अदालतले पनि उनलाई राहत दिएन ।

Advertisement

त्यसपछि केजरीवालका तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन गरिएको थियो । उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्चमा दायर भएको निवेदन पनि तत्काल सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतले केजरीवाललाई सुनुवाइका लागि अर्को सातासम्म पर्खन भनेको छ ।

Advertisement

दिल्ली उच्च अदालतले मङ्गलवार मदिरा घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा केजरीवालको गिरफ्तारी र उनलाई न्यायिक हिरासतमा पठाइनु जायज रहेको ठहर गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *