वीरगंज । नेशनल मेडिकल कलेजका एमडी अंंसारीलाई ५ दिन थुनामा राख्न अदालतले अनुमती दिएकाे छ । प्रथम पटक २ दिनको लागि थुनामा राख्न अनुमति दिएकाे थियाे ।
म्याद गुज्रिएको केमिकल तथा औषधी प्रकरणमा पक्राउ परेका कलेजका एमडी शाहनवाज अंसारी एवं प्राविधिक प्रमुख सन्जय साहलाई थप ५ दिन थुनामा राख्न पर्सा जिल्ला अदालतले म्याद थप गरेकाे हाे ।
प्रहरीले अनुसन्धानको लागि दोस्रोपटक ५ दिनको म्याद मगेकोम अदालतले ५ दिनकै लागि म्याद दिएको जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले बताउनु बताए ।
जिल्ला प्रहरी कर्यालय पर्सा पक्राउ परेका दुबै जना अहिले पनि अस्पतालमै रहेका र उनीहरुकाे स्वास्थमा क्रमिक सुधार भइरहेको छ ।
तर स्रोतका अनुसार दुबै जना स्वस्थ रहेकाे तथा अस्पतालमा आराम गरि रहेका छन् ।







