Categories समाचार

सांसद यादवको प्रश्नः खाली खुट्टा आएका नेताको काठमाडौंमा घर र पजेरो कहाँबाट आयो ?

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले ०४६ यताका नेतादेखि कर्मचारीसम्म सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद यादवले खाली खुट्टा आएका नेताको घर र गाडीसहित आलिसान जीवनयापनको खोजबिन हुनुपर्ने बताए ।
गणतन्त्र आएको १७ वर्षमा जनता निराश रहेको, निशुल्क शिक्षा, स्वास्थ्य नपाएको र गणतन्त्र नै अनुभूति गर्न नपाएको भन्दै यादवले नेताहरुको मोजमस्ती बढेको टिप्पणी गरे ।

Advertisement

‘०४६ पछिका काण्डको छानबिनको कुरा धेरै आयो । छानबिन गर्न जसपा पनि माग गर्दछ,’ उनले भने, ‘खाली खुट्टा आएका नेताको बहुदलपछि घरघरमा चार वटा पजेरो र चारवटा भवन काठमाडौंमा कहाँबाट आयो ? छानबिन गर्नुपर्छ ।’

Advertisement

छानबिन भएमात्रै जनताको निराशा हट्ने उनको भनाइ छ । ‘गल्ती गरेको नेतालाई कानुनी कठघरामा ल्याइयो भने जनता आशा छाउँछ,’ उनले भने, ‘कर्मचारीतन्त्रको पनि सम्पत्ति छानबिन गर्नुपर्छ ।’

संसदले बढीभन्दा बढी विधेयक बनाउनुपर्नेमा अहिले लडाइँ झगडामा वितिरहेको भन्दै यादवले सहकारीको डुबेको अर्बाै रुपैयाँ फर्काउनका लागि ध्यान जान जरुरी रहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *