Categories समाचार

आज ईद उल फित्र हर्सोल्लासका साथ मनाइँदै, देशभर सार्वजनिक बिदा

Advertisement

वीरगन्ज । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व हर्सोल्लासका साथ मनाउँदै छन् । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।

ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।

Advertisement

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह का नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ ।

Advertisement

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *